कोरोना खोप ल्याउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ८ : ४१


जाजरकोट । भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ।

कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको मृत्यु भएको हो।

नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले कोभिड भ्याक्सिन ल्याउँदै गर्दा कार्कीको डलेर मृत्यु भएको जानकारी दिए।

बिहान ८ बजे भ्याक्सिन लिएर कार्की आएकोमा दिउँसोसम्म स्वास्थ्य संस्था नपुगेपछि खोजी गर्दा अपरान्ह ४ बजे उनको लडेर मृत्यु भएको पत्ता लागेको ओलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्