२ हजार ५२ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ३७


काठमाडौं । कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन्।

चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो। हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन्।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन्। यस्तै निको हुनेको दर पनि बढेको छ।

आज नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ। यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए। यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ।

नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ।

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्