नायिका करिष्मा मानन्धरले सुरु गरिन् व्यवसाय, इन्टेक्स ब्राण्डका इलेक्ट्रिक सामान बेच्ने

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : ४१


काठमाडौं । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा पाइने भएको छ।

इन्टेक्स ब्राण्डका परिवारका लागि आवश्यक पर्ने लगायतका इलेक्ट्रोनिक्स सामानहरु नेपालमा रिसिक टेडिङ कन्र्सन प्रालिले आधिकारिक विक्रेता भएर नेपाल भित्राएको बुधवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

रिसिक टेडिङ कन्र्सन प्रालिको प्रवन्ध निर्देशकको रुपमा रहनुभएकी अभिनेत्री करिष्मा मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताहरुले इन्टेक्स ब्राण्डलाई प्रयोग गर्न र आफुले चालेको नयाँ पाइलामा साथ दिन आग्रह गरिन।

इन्टेक्स ब्राण्ड बिगत २५ वर्षदेखि विश्व बजारमा आएपनि ८ वर्ष अघि मात्र यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको जनाइएको छ।

इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।


प्रतिक्रिया दिनुहोस्