आइफोन १३ मा स्याटेलाइट मोड, नेटवर्क नआउने स्थानमा पनि नेटवर्क

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : १०


सामान्यतः उचाईका क्षेत्रमा, दुर्गम अथवा मानबबस्ती नभएको क्षेत्रमा मोबाइलका टावर राखिएका हुँदैनन् जसका कारण त्यस्ता ठाउँमा हाम्रो फोनमा नेटवर्क आउँदैन र आपत–बिपद्पर्दा हामी फोन गर्न सक्दैनौं। त्यस्तो समस्यालाई हटाउने लक्ष्यका साथ आईफोन १३ ले ‘स्याटेलाईन मोड’ फिचर प्रदान गर्ने म्याक रुमर्सले जनाएको छ।

यदी हाम्रो फोन मोबाइल टावरको पहुँच बाहिर भएता पनि आइफोन १३ को स्याटेलाइट मोडका कारण हामी नेटवर्क प्राप्त गर्नसक्छौं र फोन साथै म्यासेज सजिलै गर्न सक्छौं। टिएफ इन्टटरनेसनल सेक्युरिटीका विश्लेषक मिङ–चि कुओका अनुसार आईफोन १३ मा क्वालकम चिप्स प्रयोग हुनेछ। यो चीप्सले लो अर्थ अर्बिट एलइओ भूउपग्रह र हाम्रो फोनबीच कनेक्सन गराउनेछ जसबाट हामीले जहाँ गएता पनि फोन नेटवर्क गुमाउनेछैनौं।

यसको अर्थ अब आईफोन १३ स्याटेलाइट फोन हुनेछ। क्वालकमले ग्लोबलस्टारसँगको सहकार्यमा चिप बनाउनेछ। एरोस्पेट टेक्नोलोजीका अनुसार ग्लोबलस्टारसँग अन्तरिक्षमा ४८ एलईओ स्याटेलाइट छन्। अन्य विवरण भने बिस्तारै सार्वजनिक हुने म्याक रुमर्सले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्