मोडेर्ना खोपमा भेटियो मिसावटयुक्त काला कण

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ५०


टोकियो । जापानमा कोरोनाबिरुद्ध लगाइने मोेडेर्ना खोपमा मिसावट भेटिएको पुष्टि भएको छ।

एउटा ब्याचभित्र राखिएका खोप परीक्षणका क्रममा एउटा बोत्तलमा काला कण भेटिएका हुन् ।

मिसावट देखिएपछि सो ब्याचका सबै खोप रोक्का गरिएको छ।

सो ब्याचबाट ३ हजार ७ सय ९० जनाले खोप लगाइसकेका थिए। एक साताअघि मात्र जापान सरकारले मिसावटको आशंकामा मोडेर्नाका १६ लाख डोज खोप रद्द गरेको थियो।

बिज्ञहरुले परीक्षण गर्दा ‘काला बस्तु’ देखेपछि खोपका तीन वटा ब्याच रोक्का गरिएको थियो।

जापानमा मोडेर्ना खोप बिक्री तथा वितरण गर्दै आएको ताकेदा फर्माक्युटिकलले मिसावटको आशंका लागेका खोप जम्मा गरेको छ।

खोपको सम्भावित मिसावटले मानिसहरुको स्वास्थ्यमा हानी पुगेको प्रमाण अहिलेसम्म नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

खोपको बोत्तल निर्माणको जिम्मा पाएको स्पेनी फर्माक्युटिकल कम्पनी रोभीले बोत्तलमा हुन सक्ने सम्भाबित समस्याबारे अनुसन्धान गरिने जनाएको छ।

मंगलबार मात्र जापानका स्वाथ्यमन्त्रीले बोत्तलभित्र इन्जेक्सन गलत तरिकाले घोच्दा खोपमा मिसावटको आशंका लागेको बताएका थिए।

अहिलेसम्म जापानका ४० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ५० प्रतिशतले एउटा मात्र डोज लगाएका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्