एमसीसीकी उपाध्यक्ष अर्को हप्ता नेपाल आउँदै

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ४०


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  की उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएकी छन।

उनी अर्को हप्ता काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नेछिन।

नेपाल र अमेरिकाका अधिकारीले २०१७ अप्रिल ५ मा हस्ताक्षर गरेको एमसिसीसम्बन्धी ‘एड मेमोयर’मा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसिसी तर्फबाट फतिमा सुमारले हस्ताक्षर गरेका थिए।

२०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न नसकेका बेला एमसीसीका उच्च अधिकारीको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्