बालबालिकालाई नियमित खोप दिन नभुलौं : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ४७


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो।

मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको पाइएकाले खोप नछुटाई दिन अनुरोध गरेको हो।

मन्त्रालयले नियमित खोप नलगाउँदा दीर्घकालिन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपाङ्ग हुने दर बढ्ने भएकोले बालबालिकालाई उमेर अनुसारको नियमित खोप लगाउनुपर्ने जनाएको छ।

मन्त्रालयले जन्मिन वित्तिकै विसिजी खोप, ६ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादूरा–रूवेला, १२ महिनामा जापानीज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूवेला खोप लगाउन भनेको छ।

मन्त्रालयले कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)का बीचमा पनि नियमित खोप सञ्चालन भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्