मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा महिला पक्राउ

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : २२


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.०६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्ट संचालन गरी बस्ने अस्मिता राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रेष्टुरेन्टमा खाजा नास्ता बनाउने, खाजा नास्ता ग्राहकहरूलाई पुर्‍याउने वयटरको काममा लगाई दिन्छु भनि उनले ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

२८ बर्षीया राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ,।


प्रतिक्रिया दिनुहोस्