अपाङ्गता भएकालाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितता गर्न माग

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ५९


रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन्।

उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै ४४ वर्षीय शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाइएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्टाउन माग गरे।

उनले भने ‘म्युर्चुअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्टाइएका छ तर अपांगहरुलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ।’

उनले धेरै संघसंस्थाहरुले बिदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघसंस्थामा आवद्ध नभएको समेत बताए।


प्रतिक्रिया दिनुहोस्