साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, एक विमान क्षतिग्रस्त हुँदा ८ घाइते

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : ३६


साउदी अरबको अभा इन्टरनेसनल एयरपोर्टमा मंगलबार ड्रोन बम आक्रमण भएको छ। यो आक्रमणबाट एउटा विमान पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ८ व्यक्ति घाइते भएका छन्। साउदी अरबको सरकारी न्युज च्यानलका अनुसार गएको २४ घण्टामा देशको दक्षिणी क्षेत्रमा पर्ने यस विमानस्थलमा दोस्रोपटक ड्रोन आक्रमण भएको हो।

अल–अखबारिया च्यानलका अनुसार ड्रोन आक्रमणपछि अर्को पनि आक्रमण भएको थियो जुन आक्रमणलाई असफल बनाइएको छ। हालसम्म कुनै समूहले यो आक्रमणको जिम्मा लिएको छैन। यमनको हुथी व्रिद्रोहीसँग संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यो घटनामा भएको हताहतीको कुनै जानकारी दिएको छैन।

अभा विमानस्थलमा आक्रमण हुन अगाडि मात्र साउदी सेनाको एउटा हवाई अड्डामा क्षेप्यास्त्र प्रहार भएको थियो। ड्रोनबाट क्षेप्यास्त्र प्रहार भएको थियो। सो घटनाको पनि कसैले जिम्मा लिएको छैन। यी घटनाहरुमा इरान समर्थित विद्रोहीहरुको संलग्नता भएको आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस्