थपिए १,६६४ कोरोना संक्रमित, २० जनाको मृत्यु

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : २०


काठमाडौं । आज एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो।

सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन्।

नेपालमा निको हुने दर ९३।९ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३६२.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै ६३७ जना सघन उपचार कक्ष (आइसियु), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन्।

नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ।

 


प्रतिक्रिया दिनुहोस्