१७ वर्षका किशोर भगाएर लैजाने १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ५ : १८


भारतमा एक १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार भएकी छिन्। तामिलनाडुका १७ वर्षका किशोरसँग भागेर विवाह गर्न चाहने किशोरीले किशोरलाई भगाएर लगेकी थिइन्। दुवैले विवाह पनि गरे तर किशोरीलाई प्रहरीले यौन शोषणको आरोपमा पक्राउ गर्यो।

हाल यौन शोषणमा पक्राउ परेकी किशोरी हिरासतमा छिन् र उनीमाथि अनुसन्धान भइरहेको छ। न्यु इन्डियन एक्सप्रेसका अनुसार तमिलनाडु पोलाचीको यो घटनाले यतिबेला हलचल मच्चिएको छ। १९ वर्षकी किशोरीले १७ वर्षका नाबालिगलाई फकाई फुलाई विवाह गरेको र यौन शोषण गरेको किशोर पक्षको भनाइ छ।

प्रहरीका अनुसार १९ वर्षकी किशोरी पढाई छोडेर स्थानीय पेट्रोल पम्पमा काम गर्थिन्। किशोरले हालै १२ कक्षा पास गरेर सोही पेट्रोल पम्पमा काम सुरु गरेका थिए र पढाई छाडेका थिए। दुवैले एक वर्षको प्रेम सम्बन्धपछि भागेर विवाह गर्ने मनसाय बनाएका थिए। किशोरीकै सल्लाहमा उनीहरु भागेका थिए।


प्रतिक्रिया दिनुहोस्