अश्लिल चलचित्र बनाएर पक्राउ परेका श्रीमानसँग छुट्टिने योजनामा शिल्पा सेट्टी

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ५९


मुम्बई प्रहरीले अश्लिल चलचित्र बनाएको भन्दै अभिनेत्री शिल्पा सेट्टीका श्रीमानलाई गत महिनादेखि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुवातमा शिल्पाले पनि आफ्नो श्रीमानको बचाउ गरेकी थिइन्। प्रहरीले कुन्द्राले अश्लिल चलचित्र बनाएको प्रमाण आफूसँग पर्याप्त भएको बताएको छ।

शिल्पाले मुम्बई क्राइम ब्रान्चमै गएर कुन्द्राको अश्लिल चलिचत्रसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएकी थिइन्। उनले आफ्ना श्रीमानले अश्लिल नभएर ‘इरोटिक’ कामुक चलचित्र बनाएकोमा भने उनी सहमत छिन्।

दिनदिनै यो चर्को बहसको विषय बन्दै गएपछि यतिबेला उनी श्रीमानबाट छुट्टिएर बस्ने योजनामा भएको बलिउड हंगामाले जनाएको छ। हाल शिल्पाले श्रीमानको एक पैसा पनि नचलाएको र श्रीमानको अवैध व्यापारबाट कमाएको पैसाबाट आफ्ना दुई सन्तालाई टाढै राख्ने शिल्पाले छुट्टिएर बस्ने योनजा बनाएको शिल्पाका नजिकैका साथीहरु बताउँछन्।

शिल्पाले रियालिटी सोज र चलचित्रबाट आफूलाई चाहिँदो कमाउँछिन्। उनले केही चलचित्रमा काम गर्ने भनेर सहमति पनि जनाइसकेको बलिउड हंगामाले जनाएको छ। यसमा हंगामा २ चलचित्र पनि सामिल छ। छुट्टिएर बसेता पनि उनीहरुले सम्बन्धविच्छेद नै भने नगर्ने बताइन्छ।

कुन्द्राविरुद्धको मुद्दा वर्षौसम्म जाने भएपछि शिल्पाले छोराछोरीलाई त्यो विषयबाट टाढा राख्न यस्तो कदम चाल्न लागेकी हुन्।


प्रतिक्रिया दिनुहोस्