अमेरिकी सेनाले छाडेका सैन्य विमान र गाडीहरु तालिबानले प्रयोग गर्न सक्दैनन्!

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : ५२


अमेरिकी सेनाका अनुसार अफगानिस्तानमा छाडिएका आफ्ना सैन्य विमान र गाडीहरु तालिबानले प्रयोग गर्न सक्दैनन्। आफूहरुले त्यहाँ रहेका विमान र गाडीहरु निष्क्रिय बनाएको अमेरिकी सेनाको भनाइ छ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मेकेन्जीका अनुसार अमेरिकी सेनाले काबुलको हामिद कारजेइ विमानस्थलमा ७३ विमान, ७० बख्तरबन्द गाडि र २७ हम्भी बहान छाडेका छन्। यद्यपी त्यसलाई प्रयोग गर्न नसकिने गरेर निष्क्रिय बनाइएका कारण त्यो तालिबानले प्रयोग गर्न नसक्ने अमेरिकी भनाइ छ।

जनरल मकेन्जीका अनुसार त्यहाँ छाडिएका अमेरिकी विमान कहिल्यै उड्नेछेनन् र गाडिहरु गुड्नेछैनन्। एक सार्वजनिक भएको भिडिओमा तालिबानहरु अमेरिकी सेनाले अफगानिस्तान छाड्ना साथ अमेरिकाले छाडेको विमानहरु भएको ठाउँमा जम्मा भएको देखिएको छ।

अमेरिकाले सो विमानस्थलमा रहेको आफ्नो क्षेप्यास्त्रविरद्धको प्रणाली पनि निष्क्रय बनाएको बताएको छ। सोमबार सोही एन्टी मिसाईल प्रणालीले आतंकवादीको पाँचवटा रकेट प्रहार असफल भएको थियो। यसअघि अमेरिकी सहयोगका अफगान सेनाले अमेरिकी हेलिकप्टर तथा बख्तरबन्द गाडीहरु प्रयोग गर्दै आएका थिए। ती गाडी तथा हेलिकप्टर भने तालिबानको हातमा छ जुन प्रयोगमा आउनसक्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्