युवराज ज्ञवाली भन्छन्ः माधव नेपाल आफैंलाई सिध्याउने दिशामा लाग्नु भो

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १२ : १४


नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले पार्टी विभाजन गर्ने पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको आलोचना गरेका छन्। वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास गरेको आरोप लगाउँदै ज्ञवालीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेको मत खोसेर चुनाव जित्न नसकिने बताए।

‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न’ सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भनेका छन्‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ। एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस्।’

माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उनले कुनै दिन त्यो महसुस गर्नेसमेत ज्ञवालीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्