राष्ट्रसंघमा अफगानिस्तानबारे गरिएको कडा प्रस्तावबाट पछाडि हटे चीन र रुस

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ०२


भारतको अध्यक्षतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अफगानिस्तानको मुद्दामा एउटा कडा प्रस्ताव पारित गरेको छ। यो प्रस्तावमा अफगानिस्तानको जमिनको प्रयोग कुनै देशलाई धम्की दिन अथवा आतंकवादीलाई प्रश्रय दिन प्रयोग गर्न दिन नहुने उल्लेख छ।

उक्त प्रस्तावमा चीन र रुसले भने भोट नगरेको बीबीसीले जनाएको छ। यो महिनाको लागि सुरक्षा परिषदको अध्यक्ष भारत हो। आज मंगलबारबाट भारतको अध्यक्षता सकिनेछ। सुरक्षा परिषदको प्रस्ताव सोमबार पारित भएको हो। प्रस्तावमा तालिबानले देश छोड्न चाहने अफगान नागरिक र विदेशी नागरिकलाई सुरक्षित रुपमा निस्कन दिने प्रतिवद्धतालाई पालना गर्नुपर्ने पनि जनाइएको छ।

फ्रान्स, बेलायत र अमेरिकासहित परिषदका १३ सदस्यले प्रस्तावको पक्षमा भोट गरेता पनि चीन र रुसले भोटिङमा हिस्सा लिएनन्। प्रस्तावको कसैले विरोध नगरेको पनि जनाइएको छ।

प्रस्तावमा गत बिहीबार काबुल विमानस्थल अगाडि भएको आईएस–केको आतंकवादी हमलाको पनि भत्सर्ना गरिएको छ। सो आक्रमणमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो भने १३ अमेरिकी सेनाको ज्यान गएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्