सन्नी देवलको हिट फिल्म ‘गद्दर’ को सिक्वेल बन्ने

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ५३


सन्नी देओलको सफल फिल्ममध्येको एक हो ‘गद्दर: एक प्रेम कथा’। यसै फिल्ममार्फत सन्नीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरे।

सन् २००१ जुन १५ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने यसले दुई सय ५६ करोड बराबरको ग्रस कलेक्सन गरेको थियो। यस हिसाबले पनि बलिउडले सय करोड क्लबमा इन्ट्री गर्ने सपना ‘गद्दर’ बाट पनि पूरा गरेको थियो।

अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो।

फिल्ममा सन्नीको को-स्टार थिइन् अमिशा पटेल। यसै फिल्मको सिक्वेल बन्ने चर्चा पछिल्लो समय सुरु भएको छ।

सिक्वेलको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने र यसमा पनि सन्नी र अमिशाको लभलाई दर्शकले देख्न पाउने छन्।

‘गद्दर’ को कथा सन्नी र अमिशाको प्रेमविना अगाडि बढाउन सकिँदैनु फिल्मका निर्माता नितिनले एक अन्तर्वार्तामा भने।

फिल्ममा नयाँ पुस्ता पनि हुनेछन। फिल्मलाई नितिन केनीले निर्माण गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्