कम्मर ९५ इन्च र वजन २४२ केजी भएकी यी महिलाको चाहना अझै मोटाउने!

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ३३


अमेरिकाकी एक महिलाको सोच अन्य महिलाको भन्दा निकै भिन्न छ। महिलाहरु आफ्नो शरीरलाई आकर्षक बनाउन चाहन्छन्। स्लिम र चटक्कको हुन चाहन्छन्। तर पेन्सिल्भेनियाकी ४६ वर्षकी बोब्बी भने २४२ केजीको वजन भएर पनि अझै मोटाउन चाहन्छिन्।

उनको कम्मर अहिले ९५ इन्चको छ। मोटो नै भएता पनि उनको इच्छा घट्ने नभएर मोटाउने हो। उनको यही चाहनाका कारण उनी चर्चित बनेकी छिन्। बोब्बीको चाहना विश्वकै सबैभन्दा मोटो महिला बन्ने हो र गिनिस बुकमा नाम लेखाउने हो। उनी आफ्नो कम्मर ९५ बाट ९९ इन्च बनाउन पनि चाहन्छिन्।

उनका अनुसार उनलाई विवाहको प्रस्ताव आइरहन्छ। तर उनी विवाहित नै हुन्। मोटोपन नै उनको पहिचान हो र उनको सामाजिक संजालमा लाखौं फलोवर्स छन्। थप मोटो भएर चर्चा कमाउने उनको चाहना हो। लन्डन न्युज टाइम


प्रतिक्रिया दिनुहोस्