देव प्रकाश त्रिपाठीले खोले नयाँ पार्टी, हिन्दू राष्ट्र र राजसंस्था मुख्य एजेण्डा

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : ४७


काठमाडौं । पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो। सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ।

नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका पदाधिकारीहरूले भद्रकाली मन्दिर पुगेर मुलुक र जनताप्रति सधैं वफादार रहने भन्दै सपथ लिएका छन्।

राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै नयाँ शक्ति घोषणा गरिएको त्रिपाठीले जानकारी दिए।

उनले जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको बताए।

उनले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने धारणा पनि राखे। मुलुकमा शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्