मेस्सीसँग फोटो खिचाउन छोरा बोकेर मैदान छिरे विपक्षी गोलरक्षक (भिडिओ)

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : २४


मेस्सीको पहिलो ‘डेब्यु’ खेलमा पीएसजी विजयी भएको छ। लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले रिम्स क्लबलाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले हराएको हो। पीएसजीको जितमा केलिएन एमबाप्पे नायक बने। उनले नै खेलमा दुवै गोल गरेका हुन्। उनले मेस्सी नेमारको स्थानमा मैदान प्रवेश गर्न अगाडि नै दुवै गोल गरेका थिए। मेस्सी ६६ औं मिनेटमा मैदान प्रवेश गर्दा एमबाप्पेले खेलको १६ औं र ६३ औं मिनेटमा गोल गरेका थिए।

(भिडिओ)

यो जितसँगै पीएसजी खेलमा पुरै ४ खेलमै विजयी हुँदै १२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ। मेस्सीले उक्त खेलमा गोल गर्न नसके पनि अविस्मरणीय क्षण भने बनाएका छन्। खेल सकिना साथ रिम्सका गोलरक्षक प्रेड्र्याड राजकोभिक आफ्ना छोरा बोकेर मैदान पसेका थिए। उनले मेस्सीलाई छोरासँग फोटो खिचाउन भनेपछि मेस्सीले मानिहाले। हाल मेस्सी र राजकोभिकको छोराको फोटो भाइरल भइरहेको छ। यही फोटोका कारण पनि मेस्सीले आफ्नो डेब्यु खेल सम्झिरहने चर्चा चलेको छ।


प्रतिक्रिया दिनुहोस्