इरानमा रातको समयमा पुस्तक सडकमै छाडिन्छन्, यस्तो छ रोचक कारण…

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ३७


मुस्लिम राष्ट्र इरानमा रातको समयमा पुस्तकहरु सडकमै छाडिन्छन्। बिहान, दिउँसो त्यहाँ सडकमा मानिसहरु पुस्तक बेच्न बसेका हुन्छन्। तर जब रातपर्छ पुस्तक पसलेहरु पुस्तक त्यत्तिकै सडकमा छाडेर आनन्दले घरमा सुत्छन्।

यो रोचक घटना पछाडिको कारणबारे धेरैलाई थाहा नहुनसक्छ। तर त्यहाँका मुस्लिम समुदायमा यो मूल्य र मान्यता स्थापित भएको छ कि पुस्तक कसैले चोर्दैन। वास्तवमा उनीहरु सोच्छन् ‘पुस्तक पढ्नै परे मान्छेले खरिद गरेर पढ्छ’ चोर्ने मान्छेले कहिल्यै पुस्तक पढ्दैन।

विश्वमा यस्ता धेरै रोचक तथ्यमध्ये इरानको यस तथ्यको सबैले तारिफ गर्दै आएका छन्। अर्को के भने इरानमा चोरी गर्नेलाई कडाभन्दा कडा सजाय पनि दिइन्छ। कतिपय अवस्थामा मृत्युदण्डकै सजाय पनि हुन्छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्