प्रदीप नेपालले माधव नेपालको पार्टी छाडे, धोका दिएको आरोप

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ४९


काठमाडा । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकिकृत समाजवादीका) का नेता प्रदीप नेपालले सो दल परित्याग गरेका छन।

आफूलाई माधव नेपालले पनि धोका दिएको भन्दै उनले एकीकृत समाजवादी छाडेका हुन।

पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको बताएका हुन्।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले लेखेका छन्–”माधव कमरेड, म केपीसँग जान्न। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।”


प्रतिक्रिया दिनुहोस्