तालिबानले भन्योः सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह चाँडै सार्वजनिक हुनेछन्

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १ : ०३


तालिबानका अनुसार उनीहरुका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादा अब चाँडै सार्वजनिक रुपमा देखा पर्नेछन्। तालिबानले बीबीसीलाई हिब्तुल्लाहबारे जानकारी दिँदै हाल उनी कान्दाहर प्रान्तमा भएको बताएका छन्।

हिब्तुल्लाह एक धार्मिक विद्वान हुन् जो सन् २०१६ मा तालिबानका प्रमुख बनेका थिए। तालिबान शक्तिशाली हुनुमा उनको हात भएको बताइन्छ। सन् १९८० को दशकमा रुसी सेनाविरुद्ध उत्रिएका नोतामध्ये हिब्तुल्लाह पनि एक हुन्। तर उनी सैन्य कमान्डरभन्दा बढी धार्मिक नेता हुन्।

तालिबानको राजनीतिक टोलीका प्रमुख तथा तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर यसअघि काबुल पुगेर अहिले कान्दाहर पुगिसेका छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा सरकार गठनको वार्ता चलिरहेको बताइरहँदा हिब्तुल्लाह र बरादरमध्ये एक देशको राष्ट्रपति बन्ने चर्चा चलिरहेको छ।मुल्लाह गनी बरादर र हिबातुल्लाह अखुन्दजादा

यो पनिः अफगानिस्तानमा तालिबान शासन फर्कियो, मुल्लाह र हिबातुल्लाहमध्ये कसले सम्हाल्लान् सत्ता?


प्रतिक्रिया दिनुहोस्