स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर, यी हुन् सूची…

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ३०


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। जिम्मेवारी हेरफेर भएसँगै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ। डा. शर्मालाई भने व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ।

यस्तै सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ भने परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई डा. लालको ठाउँमा सारिएको छ।

त्यस्तै क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ। भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ। सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्