मेस्सीको डेब्यु खेलमा पीएसजी विजयी, एमबाप्पे बने नायक

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : १९


मेस्सीको पहिलो ‘डेब्यु’ खेलमा पीएसजी विजयी भएको छ। लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले रिम्स क्लबलाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले हराएको हो।

पीएसजीको जितमा केलिएन एमबाप्पे नायक बने। उनले नै खेलमा दुवै गोल गरेका हुन्। उनले मेस्सी नेमारको स्थानमा मैदान प्रवेश गर्न अगाडि नै दुवै गोल गरेका थिए। मेस्सी ६६ औं मिनेटमा मैदान प्रवेश गर्दा एमबाप्पेले खेलको १६ औं र ६३ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै पीएसजी खेलमा पुरै ४ खेलमै विजयी हुँदै १२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ।


प्रतिक्रिया दिनुहोस्