अमेरिकामा शक्तिशाली चक्रवातसहितको आइडा आँधी, ७ लाख घर बिजुलीविहिन

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ०४


अमेरिकाको लुजियाना प्रान्तमा चक्रवात सहितको शक्तिशाली आइडा आँधीका कारण ७ लाख घर बिजुलीविहिन भएका छन्। बीबीसीका अनुसार यस चक्रवाती आँधी २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा जमिनसँग ठोक्किएको छ। यतिबेला त्यहाँका हजारौं बासिन्दालाई स्थान्तरण गर्ने र सुरक्षित स्थानमा सार्ने कार्य जारी छ।

आइडा आँधीलाई लुजियानाको परीक्षाको रुपमा पनि हेरिएको छ। यसअघि सन् २००५ मा क्याटरिना नामक चक्रवातसहितको आँधीले नै त्यहाँका १८ सय जनाको ज्यान गएको थियो। त्यसपछि त्यो शहरमा यस्तै खाले आउनसक्ने चुनौतीको सामना गर्न महत्वपूर्ण कदम चालिएको बताइएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस आँधीका कारण ७ लाख ५० हजार घरमा बिजुली गएको बताएका छन्। आईतबार यो आँधी न्यु ओर्लिन्सको दक्षिणी समुद्री तटमा पुगेको थियो। यो आँधीले बिजुली प्रणालीसँगै सयौं घरहरु ध्वस्त बनाएको आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस्