मन्त्रालय भागबन्डाका लागि अहिले गठबन्धन बैठक जारी

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ३७


आईतबार बिहान र साँझ एकैदिन दुईपटक गठबन्धनको बैठक बसेता पनि मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि सोमबार बिहान पनि गठबन्धन सरकारमा रहेका नेताहरु मन्त्रालय भागबन्डाका लागि बैठकमा बसिरहेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन्। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार अहिले मन्त्रालय बाँडफाँडका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

गठबन्धनका दलहरुबीच कसले कति मन्त्रालय पाउने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्