प्रेमगन्जको एउटै गीतमा ३० लाख खर्च

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : ३८


२५ बर्ष देखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गितमा ३० लाख लगानी भएको छ।

यो खर्च सुटिङको खर्च मात्र हो। अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गितमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो।

फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गितमा नायिका बेनिसा हमाल, सन्जोग रसाइली संगै अन्य एकहजार जना झुमेका थिए । गितको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो। दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन।

पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो। अहिले कडाउन केही लुज भए संगै चलचित्रको छायांकन धमाधम भइरहेको छ। चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ।

चलचित्र युणिट सुरक्षित होस भनेरै सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न। “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ।


प्रतिक्रिया दिनुहोस्