लाइसेन्सको परीक्षा भदौ २० गतेपछि सुरु हुने

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : १०


काठमाडौं । लकडाउनका कारण वैशाखदेखि बन्द भएको लाइसेन्सको परीक्षा भदौ २० देखि सुरु हुने भएको छ।

यातायात व्यवस्था विभागले भदौ १० गते स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पत्र काटेको थियो।

यातायात कार्यालयले सूचना जारी गर्दै प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु सहभागी हुन पाउनेछन्।

लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थी, प्रयोगात्मक परीक्षमा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लाग राजस्व बुझाइसकेका सेवाग्राहीले परीक्षामा सहभागी हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस्