प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड र टोटनह्यामको खेल आज

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ४४


एजेन्सी । इंग्लिस प्रिमियर लिग इपीएलमा आज तीन खेल हुँदैछन् । आइतबार तेस्रो राउन्डको दोस्रो दिन तीन खेल हुने भएको हो । चर्चित क्लबहरु टोटनह्याम, म्यानेचष्टर युनाइटेड र लिड्स युनाइटेड आ–आफ्नो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछन्।

पहिलो खेलमा बर्नलीले लिड्स युनाइटेडको सामना गर्नेछ। लगातार दुई खेलमा पराजित भएको बर्नली पहिलो जितको खोजीमा हुनेछ।

यता, भ्रमण टोली लिड्स पनि पहिलो जितको खोजीमा छ।

दुई खेल खेलेको लिड्ससँग एक अंक मात्रै छ। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।

दोस्रो खेलमा टोटनह्याम र वाटफोर्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ७ बजे हुने खेलमा टोटनह्याम लगातार तेस्रो जितको दाउमा हुनेछ।

यता, वाटफोर्ड दोस्रो जितको खोजीमा छ। भ्रमण टोली वाटफोर्डसँग तीन अंक छ।

तेस्रो खेलमा उल्भ्स र म्यानचेष्टर युनाइटेड भिड्नेछन्। खेल नेपाली समयअनुसार राति सवा १० बजे हुनेछ। घरेलुु टोली उल्भ्स पहिलो अंक र जितको खोजीमा छ।

दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन। यता, भ्रमणकारी टोली म्यानचेष्टर युनाइटेड दोस्रो जितको खोजीमा छ। दुई खेलमा चार अंक बटुलेको युनाइटेड १० औं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्