सुर्खेतमा मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै युवा संघ र अनेरास्ववियुको जुलुस

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : ३०


सुर्खेत । एमाले निकट अनेरास्ववियु र युवा संघले कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन्।

मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन्।

उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन्।

ती महिलाले घटनाका विषय धेरै उचाल्न आग्रह गर्दै सामाजिक मानसिक रुपमा आफू बिक्षिप्त भएको बताउँदै आएकी छन्।

उनले आत्महत्या गर्ने चेतावनी दिदैँ आएकी छन्। मन्त्री शाहीको निजी सचिवालयले आर्थिक लाभका लागि महिलाले बलात्कारको आरोप लगाएको दाबी गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्