बाघको छालासहित तीनजना पक्राउ

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : ३९


तनहुँ । तनहुँबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।

व्यास नगरपालिका–६ सिरुवारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दीका ४० वर्षीय सञ्जित गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए

बाख्रेतर्फ जाने चोकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बाघको छाला, दाँत, हड्डी, खप्परलगायत फेला परेको क्षेत्रीले जानकारी दिए। उनीहरुले प्रयोग गरेको दुईवटा पल्सर मोटरसाइकल, एउटा डियो स्कुटर, तीनवटा मोबाइल सेट र पाँच हजार तीन सय ८५ रुपैयाँ पनि बरामद गरिएको छ। ‘थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाएका छौँ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्