प्रचण्ड भन्छन्ः पार्टी एकता प्रधानमन्त्री बन्न ओलीको ठगी धन्दा

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ४१


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको बताएका छन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता केपी ओलीको प्रधानमन्त्री बन्ने ठगी धन्दा मात्र भएको पनि बताए।

अध्यक्ष प्रचण्डले ओली एउटा भन्ने र अर्कै गर्ने नेता भएको बताए। ‘केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे। भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’ उनले भने, ‘रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त।’

प्रचण्डका अनुसार ओलीले पालै–पालै प्रधानमन्त्री हुने सहमति तोडे। पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि गठी धन्दामात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ।’


प्रतिक्रिया दिनुहोस्