तालिबानले भन्योः महिला स्वास्थ्यकर्मीहरु काममा फर्कनुस्

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ५५


तालिबानले अफगानिस्तान कब्जा गरेपछि महिला अधिकार खोसिने, महिलाले बाहिर काम गर्न नपाउने साथै छोरीले विद्यालय जान पाउने चिन्ताबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरुलाई नियमित काममा फर्किन आग्रह गरेको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विटरमा सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन भनेका हुन्।

यसअघि देश कब्जा गरेपछि तालिबालने सबै महिलालाई घर भित्रै बस्न र बाहिर ननिस्कन निर्देशन दिएको थियो। आफ्ना लडाकुले महिलालाई सम्मान गर्न नजान्ने र उनीहरुलाई महिलालाई सम्मान गर्न प्रशिक्षण दिने तालिबानको भनाइ थियो।

यस्तै प्रवक्ता मुजाहिले अर्को एक आदेश जारी गर्दै सर्वसाधारणसँग हतियार, गोलाबारुद या सरकारी सम्पत्ति भए एक हप्ता भित्र फर्काइसक्न निर्देशन दिएको छ। यदी खोज तलासी गर्दा त्यस्ता सामग्री भेटिए कारवाही हुने उनको भनाइ छ। तर दिएको समयमा सामग्री फर्काउनेले भने कारवाहीको भागिदार हुन पर्दैन।

यो पनिः तालिबान सत्तामा हुँदा यस्तोसम्मको क्रुर शासन थियो जसकारण अहिले पनि मानिस डराईरहेछन्

–मलाला जसलाई पढ्न खोज्दा टाउकोमा गोली हानियो, तालिबान फर्किएकोमा यसो भन्छिन्‘


प्रतिक्रिया दिनुहोस्