तामझाम केही नगरी मात्र इसाराको भरमा इटालीका खाबी बने विश्व चर्चित!

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ३१


समान्यतः टिकटक भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा कोही नाचिरहेको कोही हाँसिरहेको अथवा रमाइलो गरिरहेको तस्बिर बन्छ। झनै राम्रो फलोवर्स कमाउन त केही तडकभडक गरेकै हुनुपर्छ। तर इटालीका २१ वर्षीय टिकटक प्रयोगकर्ता खाबी लाम भने आफ्नो भिडिओमा केही बोल्दैनन्, मात्र इसारा गर्छन। यद्यपी उनी विश्वका प्रख्यात टिकटकर हुन्।

विशेषगरी कुनै काम अप्ठेरो ढंगबाट गरिएको छ भने उनको सामग्री त्यसमा केन्द्रित हुन्छ। उनले त्यो अप्ठेरो कामलाई सजिलै पनि गर्न सकिन्छ भन्दै आफैंले गरेर देखाउँछन्, तर बोल्दैनन्। उनले गर्ने इसारा र हाउभाउका कारण उनलाई विश्वभरको मानिसले रुचाएको हो।

उनको यस कलालाई कान नसुन्ने मान्छेले पनि बुझ्न सक्छन्। अथवा उनको भिडिओ जुनसुकै भाषीले पनि सहजै बुझ्न सक्छन्। उनको भिडिओ हेर्न दिमाग खियाइरहनु पर्दैन। उनको सरलता र हाउभाउ नै उनको कला हो।

उनी यही कारण यतिबेला विश्व चर्चित बनेका छन् र हालै १० करोड फलोअर्स कटाउने उनी संसारकै दोस्रो व्यक्ति भएका छन्।


प्रतिक्रिया दिनुहोस्