३० वर्ष पहिले आफूलाई नांगो देखाएको भन्दै यी युवाले मागे डेढ लाख डलर क्षतिपूर्ति

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १ : १९


विश्वकै चर्चित मध्येका एक रक ब्यान्ड ‘सांगीतिक समूह’ निर्वाणाविरुद्ध ३० वर्षका एक व्यक्तिले ३० वर्ष अगाडिको घटनालाई लिएर मुद्दा दायर गरेका छन्। उनले आफूलाई उक्त सांगीतिक समूहले एल्बम कभरमा नांगो देखाएको भन्दै यौन शोषणविरुद्ध मुद्दा हालेका हुन्। उनले आफूलाई १ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति चाहिएको पनि बताएका छन्।

‘नेभरमाइन्ड’ नामको एल्बममा स्पेन्सर एल्डन चार महिनाको हुँदा उनको नग्न तस्बिर सो एल्बममा राखिएको थियो। अहिले उनले ‘चाइल्ड पोर्नो’गाफीको मुद्दा निर्वाणाविरुद्ध क्यालिफोर्नियाको अदालतमा दायर गरेका हुन्।Naked baby from Nirvana's “Nevermind” album cover sues over "child  pornography" claims | Salon.comएल्डनले ब्यान्डका सदस्यसँगै सो एल्बम निकाल्ने कम्पनी र वितरण गर्ने व्यक्तिहरुलाई प्रतिवादी बनाएका छन्। उनले आफ्नो यौन शोषणा भएको बताएका छन्। निर्वाणा ब्यान्डले भने यो विषयमा केही बताएको छैन।


प्रतिक्रिया दिनुहोस्