रोनाल्डो युनाइटेड जाँदा उनको ठाउँमा ह्याजार्ड र ह्याजार्डको ठाउँमा एमबाप्पे आउने तयारी

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : १५


युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड गएपछि युभेन्टसले रोनाल्डोको स्थानमा रियल मड्रिडका इदेन ह्याजार्ड भित्र्याउने कसरत थालेको छ।

रोनाल्डो शुक्रबार मात्र युनाइटेडमा अनुबन्ध हुने पक्का भएको हो। रोनाल्डो रियल मड्रिडमा जर्सी नम्बर ७ थिए। उनले युभेन्टसमा पनि जर्सी नम्बर ७ लगाएका थिए।

जब रोनाल्डो युभेन्टस गए चेल्सीबाट ह्याजार्डलाई रियल मड्रिड बोलाइयो र जर्सी नम्बर ७ दिइएको थियो। यतिबेला पुनः रोनाल्डोले छाडेको युभेन्टसमा उनले जर्सी नम्बर ७ नै लगाउने सम्भावना बढेर गएको छ।

यसबीचमा मड्रिडको जर्सी नम्बर ७ भने पीएसजीका केलिएन एमबाप्पेले लगाउने सम्भावना छ। अहिले युभेन्टसले ह्याजार्ड ल्याउने कसरत थालेको छ भने मड्रिडले एमबाप्पले अनुबन्ध गर्ने पक्का भइसकेको मार्काले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्