अमेरिकी ड्रोन आक्रमणमा काबुल बिस्फोटनका योजनाकार मारिएको दाबी

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : २८


अमेरिकी सेनाले काबुलमा बिहीबार साँझ आत्मघाती विस्फोटन गराउने आईएस समूहविरुद्ध ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा काबुल विस्फोटनका आईएस योजनाकार मारिएको अमेरिकी दाबी छ।

आईएसको क्षेत्रीय समूह आईएस खुर्सान ‘आईएस–के’ समूहले काबुलमा विस्फोटन गराउँदा हालसम्म १७० व्यक्तिको मृत्यु भएको छ, मृत्यु हुनेमा १३ अमेरिकी सेना पनि छन्। यो घटनापछि नै आफूले आईएसलाई माफ नगर्ने र खोजी–खोजी बदला लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए। त्यसकै भोलिपल्ट नान्गाहार प्रान्तमा आईएसको अखडामा अमेरिकी सेनाले ड्रोन आक्रमण गरेका हुन्।

यो आक्रमणमा काबुल विस्फोटनका योजनाकार साथै आईएसका दर्जनौं सदस्य मारिएको अमेरिकी दाबी छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्