म्यानचेस्टर युनाइेड फर्किए रोनाल्डो

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ५७


काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइेड फर्कन सहमत भएका छन।

हाल युभेन्टसमा रहेका उनी इंग्लिस क्लब युनाइटेडमा फर्किन सहमत भएको सो क्लबले पुष्टि गरेको छ।

म्यान्चेस्टर युनाइटेडले आफ्नो वेबसाइटमा मार्फत दुई क्लबबीच रोनाल्डोको ट्रान्सफरको सहमति भएको जनाएको छ।

अब रोनाल्डोसँग को व्यक्तिगत सम्झौता भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणपछि रोनाल्डो युनाइटेडमा औपचारिक रुपमा अनुबन्धित हुने छन्।

युभेन्टसले रोनाल्डोको लागि ३० मिलियन युरो माग गरेको छ। युनाइटेड यसबारे सहमत भएरै रोनाल्डो फर्काउने तयारीमा जुटेको हो।

रोनाल्डो त्यस समय युनाइटेडबाट विश्व किर्तिमानी रकममा रियल म्याड्रिड प्रवेश गरेका थिए।

रोनाल्डोले म्यान्चेस्टर युनाइटेडबाट दुई सय ९२ खेल खेल्दा एक सय १८ गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्