अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित : मन्त्रालय

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ४६


परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ।

शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको हो।

त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको समेत जानकारी दिएको छ। ‘हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहुन भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुलाई उद्धार र गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ।’

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्