आयोगले संसद सचिवालयलाई गरायो नेकपा एस र लोसपा दल दर्ताको जानकारी

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २८


काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।

आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले सचिवालयलाई जानकारी पत्र पठाउँदै नयाँ दलमा आबद्ध भएका सांसदहरुको सूची समेत पठाएको छ।

आयोगले बुधवार एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एस) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोसपा दल विभाजन अध्यादेशअन्तर्गत सनाखतसहित दर्ता गरेको थियो।


प्रतिक्रिया दिनुहोस्