अफगान सेनलाई हामी ट्रेनिङ दिन चाहन्थ्यौं तर उनीहरु भारत गएका थिएः पाकिस्तान

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ४८


पाकिस्तानी सेनाका मेजर जनरल बाबर इफ्तिखारले शुक्रबार आफगानिस्तानको विषयमा पत्रकार सम्मेलनमा आफ्ना भानाइहरु राखेका छन्। जनसम्पर्क विभागका प्रमुख इफ्तिखारका अनुसार अफगानिस्तान यति चाँडै तालिबानको हातमा जाला भन्ने पाकिस्तानले सोचेकै थिएन।

पाकिस्तान र अफगानिस्तानको सीमा जोडिएको तर आफ्नो सीमामा अवस्था सामान्य भएको उनको भनाइ छ। उनका अनुसार पाकिस्तानले अफगानिस्तानलाई सीमा सुरक्षा, अनुसन्धान तथा सैन्य प्रशिक्षण दिन चाहन्थ्यो। त्यसको लागि पाकिस्तानले अफगानिस्तानलाई प्रस्ताव समेत गरेको थियो।

यद्यपी अफगानिस्तान सरकारले उसका सेनालाई प्रशिक्षणको लागि भारत पठाएको उनको भनाइ छ। उनका अनुसार अफगानिस्तानको शान्ति पाकिस्तानको शान्तिसँग जोडिएको विषय हो।


प्रतिक्रिया दिनुहोस्