मेक्सिकोमा डरलाग्दो हेलिकप्टर ल्यान्डिङ, भ्यानसँग ठोक्कियो–पंखा भाँच्चियो (भिडिओ)

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : २९


मेक्सिकोमा हालै मौसम खराब भएपछि एउटा सैन्य विमानलाई आकस्मिक अवतरण गर्नु परेको थियो। तर आकस्मिक अवतरणको क्रममा सो हेलिकप्टर अनियन्त्रित हुँदै गाडी चल्ने सानो सडकमा अवतरण हुने प्रयास गरेको थियो।

भिडिओमा देखिएअनुसार सो हेलिकप्टर भ्यानसँग ठोक्किन्छ र अनियन्त्रित हेलिकप्टर झनै अनियन्त्रित हुन्छ र घोप्टो परेर लड्छ। सो क्रममा उक्त हेलिकप्टरको पंखा पनि भाँचिन्छ। यद्यपी सो हेलिकप्टर विस्फोट हुनबाट भने जोगिएको रोयटर्सले जनाएको छ।

हेलिकप्टर हिडाल्गो राज्यको हुरी र बतासमा फसेपछि त्यसलाई आकस्मिक अवतरण गरिएको थियो। यो डरलाग्दो दुर्घटनामा अप्रिय घटना भने घट्न पाएन। यदपी चार सेना घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस्