बंगलादेशी विमानका पाइलटलाई हृदयघात भएपछि भारतमा आकस्मिक अवतरण

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ५१


ओमानको मस्क्याटबाट बंगलादेशको लागि उडेको एउटा विमानका पाइलटलाई हृदयघात भएपछि विमान आकस्मिक रुपमा भारतमा अवतरण गरिएको छ। बंगलादेशको बिमान एयरलाइन्सको विमान महाराष्ट्रको नागपुरको विमानस्थलमा शुक्रबार आकस्मिक अवतरण गरिएको हो।

सो विमानमा १२६ यात्रु थिए। सबै यात्रु सुरक्षित भएको र पाइलटलाई अस्पताल भर्ना गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ। भारतीय समयअनुसार बिहान ११ बजेर ४० मिनेटमा सो विमान नागपुरको विमानस्थलमा अवतरण गरिएको थियो।

वास्तवमा कोरोना भाइरसको महामारीका कारण यतिबेला भारत र बंगलादेशबीचको हवाई सेवा बन्द गरिएको छ। तर भारतीय हवाई क्षेत्रमा उडिरहेको बंगलादेशी विमानका पाइलटलाई हृदयघात भएपछि उनको ज्यान जोगाउन आकस्मिक अवतरण गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्