माधव नेपालको साथ छाडेका नेतालाई समेटेर प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ५०


काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन।

यसअघिका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि माधव नेपाल समूह छाडेर आएका आचार्यलाई मुख्यमन्त्री बनाइएको हो।

उनले आजै माधव नेपाल समूह छाडेका २ नेतालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन।

बिहीबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषद्मा लक्ष्मण तिवारीले उद्योग वन तथा पर्यटनको जिम्मेवारी पाएका छन् भने बलबहादुर साम्सोहाङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।


प्रतिक्रिया दिनुहोस्