एमबाप्पे रियल मड्रिड जाने लगभग पक्का, थालियो भव्य स्वागतको तयारी

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ४७


पीएसजीका स्टार केलिएन एमबाप्पे स्पेनिस जायन्ट्स रियल मड्रिड जाने लगभग पक्का भएको स्पेनिस खेल पत्रिका मार्काले जनाएको छ। मार्काका अनुसार यतिबेला एमाबप्पेलाई रियल मड्रिडमा भव्य रुपमा स्वागत गर्न ठूलो तयारी थालिएको छ।

अब हुने कुनै पनि खेलमा एमाबप्पे पीएसजीको टोलीमा नहुने तर तत्काललाई एमबाप्पेले पीएसजीमै प्रशिक्षण गर्ने समाचारमा जनाइएको छ। आगामी सिजन एमबाप्पे र पीएसजीबीचको सम्झौता सकिँदैछ। यसबीचमा एमाबप्पे पीएसजीमा नयाँ सम्झौता नगर्ने पक्षमा छन्।

मड्रिडले एमबाप्पेको लागि १७० मिलियन युरो र १० मिलियन युरो बोनसको रुपमा प्रस्ताव गरेको छ। पीएसजीले हालसम्म एमबाप्पेबारे केही नबताए पनि सो रकममा एमबाप्पेलाई जान दिनैपर्ने दबाब छ। कारण यदि आगामी सिजनको लागि एमबाप्पेले सम्झौता गर्न मानेनन् भने पीएसजीले बिना रकम एमबाप्पेलाई फ्रि–ट्रान्सफरमा पठाउनुपर्ने हुन्छ।

रियल मड्रिडले सन् २००९ मा क्रिस्टियानो रोनाल्डोलाई झै एमबाप्पे स्वागत गर्ने मनसाय बनाएता पनि कोरोनाका कारण त्यसो हुन सक्दैन। तर आफ्नो दर्शक क्षमताको ७० प्रतिशत दर्शक मैदानमा ल्याएर मड्रिडले एमाबप्पे स्वागत गर्ने योजना बनेको बताइएको छ। यो संख्याको दर्शकलाई उपस्थित हुन त्यहाँको संघीय सरकारले दिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्