भारतमा माओवादीले ७ ट्रकमा आगो लगाए, ५ जनाको हत्या गरे

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : १९


भारतको आसाम राज्यको डिमा हसाउ जिल्लामा एउटा आतंकवादी आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार रातिको यस आक्रमणमा माओवादी संगठन डिमासा नेसनल लिबरेसन आर्मी डीएनएलएको सदस्य संलग्न भएको सक्छन्।

अधिकारीहरुका अनुसार यो क्षेत्र वरपर माओवादीले प्रहरी र सेनालाई आक्रमण गर्दै आएका छन्। हाल यो घटनाको अनुसन्धान भइरहेको छ।

बजेदयांगमुख क्षेत्रमा राति साढे ८ बजे आक्रमणकारीले ७ ट्रकमा अन्धाधुन्ध गोली चलाउँदै त्यसमा रहेका चालह र सहचालकसहित ५ जनाको हत्या गरे। अन्य केही व्यक्ति भने ज्यान जोगाउन भागेका कारण बाँचेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्