एमएमए स्टार खबिब भन्छन्ः ओक्टागनमा देखिने महिलाहरुको काम छैन, नराख्दा हुन्छ

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : ०७


मिक्स्ड मार्सल आर्टसका स्टार खेलाडी खबिब नुर्मागोमेडोभले ओक्टागनमा देखिने महिलाहरुको काम नभएको बताएका छन्। ती महिलाहरुलाई एमएमएको रिङमा नराख्दा नै हुने उनको भनाइ छ।

चार दशकदेखि एमएमए र बक्सिङ रिङमा महिलाहरु देखिएको र उनीहरुको सो खेलमा आफूले काम नै नदेखेको र उनीहरु राख्न अर्थपूर्ण पनि नरहेको उनको भनाइ छ। यसअघि पनि महिलावादीहरुले उनीहरुलाई त्यहाँ राख्नु उचित नभएको बताउँदै आएका थिए।

हालसम्म २९ खेलमा कुनैमा नहारहेका खबिब यूएफसी लाइट वेट च्याम्पियन हुन्। उनले भनेका छन्,‘म कसैलाई रिस उठाउन चाहँदिन तर रिङमा देखिने युवतीहरु मार्सल आर्टसमा सबैभन्दा काम नलाग्ने कुरा हो।’

उनी प्रश्न गर्छन्,‘उनीहरुको काम के हो? राउन्ड परिवर्तन भएको हामी स्क्रिनमै देखाउन सक्छौं।’ खबिब मुस्लिम हुन् र उनलाई छोटा कपडामा देखिने युवती मन नपरेका कारण उनले यस्तो बताएको आशंका गरिएको छ। स्पोर्ट्स बाइबल


प्रतिक्रिया दिनुहोस्