बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ५८


बेलायती रक्षामन्त्री बेन वालेसले आफ्ना नागरिक तथा कूटनीतिज्ञ अफगानिस्तानबाट उद्धार गर्ने कार्य अबको केही घण्टामै समाप्त हुने जानकारी दिएका छन्। वालेसले स्काई न्युजसँग कुरागर्दै आफ्ना नागरिक सबै निकाल्ने प्रक्रिया पुरा हुने बताएका हुन्। यद्यपी देश छाड्न चाहने अफगानी नागरिकलाई भने निकाल्न नसकेकोमा उनले दुःख व्यक्त गरेका छन्।

बेलायतकोतर्फबाट अब अफगान नागरिक कसैलाई आफ्नो विमानमा बोलाउन नसकिने उनको भनाइ छ। पश्चिमा राष्ट्रका सेनाले देश छाड्न अब केही दिनमात्र बाँकी रहँदा काबुल विमानस्थलमा आक्रमणको खतरा झनै बढेपछि बेलायतले अब आफ्नो देशको नागरिकमात्र स्वदेश फर्काउन लागेको हो।

बेलायतको रक्षामन्त्रालयले आफ्ना नागरिक, कूटनीतिज्ञ तथा सबै सेना विमानस्थलमै भएको र अब केही घण्टामै उनीहरु त्यहाँबाट निस्कने जानकारी दिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्