काबुल विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुग्यो, नेपालीहरु सुरक्षित

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ४८


काठमाडौं । अफगानिस्थानको राजधानी काबुल एयरपोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ११० पुगेको छ।

१३ अमेरिकी सेना सहित अफगानी नागरिक सो हमलामा मारिएका हुन। अझै धेरै अस्पतालमा उपचार गराईरहेका छन।

आईएस आईएस समूहले सो हमलाको जिम्मेवारी लिएको छ। तालिबान समूहले सत्ताकब्जा गरेपछि विमानस्थलहरुमा देश छाड्नेहरुको भीड छ। अझै धेरै देशहरुले उद्धारलाई जारी राखेका छन।

यसैबीच, अफगानिस्थानमा उद्धारका लागि पखाईमा रहेका नेपालीहरु भने सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका सम्पर्कमा आएका सबै नेपालीहरूलाई एक ठाउँमा राखिएको छ।

अहिले नै एयरपोर्ट जाने अवस्था नरहेका कारण उनीहरूलाई समय अनुकूल हुने बित्तिकै त्यहाँबाट जहाँ मिल्छ, त्यसै देश ट्रान्जिट पार्ने गरी उद्धार गर्ने तयारी रहेको उनले बताइन ।

नेपाल आफैले अहिले अफगानिस्तानबाट उद्धार गर्न सक्ने अवस्था नरहेका कारण तेस्रो देशसँग भनेर उद्धारका लागि कुर्नु पर्ने अवस्था रहेको छ

हालसम्म अफगानिस्तानबाट ७ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस्